मानवीय सहायताका लागि रूसले गर्यो युक्रेनमा युद्धविराम
एएनजेड खबरमार्च ६, २०२२
एजेन्सी – रुसले युक्रेन विरुद्धको आक्रमण रोकेको छ । मानविय सहायताका लागी युद्ध विराम घोषणा गरिएको हो । विविसीका अनुसार युक्रेनले दुई सहरमा अस्थायी युद्धविरामको पुष्टि गरेको छ
स्थानीय समय अनुसार ०९:०० (०७:०० GMT) बाट अस्थायी युद्धविराम भएको पुष्टि भएको विविसीले जनाएको छ । यसअघि रूस र युक्रेनका अधिकारीबीच भएको दोस्रो चरणको वार्तामा मानवीय सहायताका लागि दुई करिडोर खुला राख्ने सहमति भएको थियो। अब ती करिडोरबाट मानिसहरू बाहिर निस्कन पाउनेछन्।
तपाइँको प्रतिक्रिया