शुक्रबार, असोज ४, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: ०३:३४ |सिड्नीको समय: ०१:३४ |काठमाडौंको समय: २१:१९

कांग्रेसको कैलाली सभापतिमा नारायणदत्त भट्ट विजयी

एएनजेड खबरमार्च ४, २०२२

धनगढी- नेपाली कांग्रेसको कैलाली जिल्ला सभापतिमा सभापति नारायणदत्त भट्ट विजयी भएका छन् ।
बिहीबार भएको पुनस् मतदानबाट पहिलो चरणमा सर्वाधिक मत ल्याउने प्रकाश बमलाई पराजित गर्दै भट्ट विजयी भएका हुन् । भट्टले १३५९ मत ल्याए भने प्रतिद्वन्द्वी बमले १०९६ मत पाएका छन् ।
बिहीबार बिहान भएको पुनः मतदानमा २४६७ मत खसेको थियो । गत आइतबार भएको पहिलो चरणको मतदानमा तीन जना उम्मेदवारमध्ये कसैले पनि ५१ प्रतिशत मत ल्याउन नसकेपछि पुनः मतदान भएको थियो ।

रामप्रसाद कलेल सभापतिको प्रतिस्पर्धाबाट पहिलो चरणमै बाहिरिएका थिए ।

तपाइँको प्रतिक्रिया