शुक्रबार, असोज ४, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: ०३:३९ |सिड्नीको समय: ०१:३९ |काठमाडौंको समय: २१:२४

धनगढीको मेयरमा गोपाल हमालको उम्मेदवारी घोषणा

एएनजेड खबरमार्च ३, २०२२

काठमाडौं– गोपाल हमालले धनगढी उपमहानगरपालिकाको मेयरमा उम्मेदवारी घोषणा गरेका छन्।आज धनगढीमा कार्यक्रम गर्दै उनले स्वतन्त्र ढंगले मेयरमा उम्मेदवारी दिने घोषणा गरेका हुन्। केहि दिन अघि मात्र उनले विवेकशील साझा पार्टी छाडेका थिए ।
हमाल ०७४ कै स्थानीय तह चुनावमा धनगढीमा स्वतन्त्र ढंगले मेयर उठेका थिए। तर नेपाली कांग्रेसका उम्मेदवार नृपबहादुर बडसँग उनी पराजित भए।
त्यसबेला वडले १४३२४ मत ल्याउँदा हमालले ११ हजार पाँच सय २७ मत ल्याएका थिए।
आज धनगढीमा आयोजित घोषणा सभामा उनले भने – ‘म धनगढी उपमहानगरको मेयर पदमा स्वतन्त्र ढंगले उम्मेदवारी दिने घोषणा गर्दछु ।,
वैशाख ३० गते हुने स्थानीय तह चुनावमा उनी मेयर लड्ने तयारीमा छन्। उनले अघिल्लो निर्वाचनमा ढिलो गरेर चुनाव चिह्न पाएको तथा उपमहानगरपालिका कतिपय क्षेत्र नयाँ भएकाले पराजय व्यहोर्नु परेको उल्लेख गर्दै आफूलाई नभएर धनगढीलाई जिताउन आहृवानसमेत गरे । साथै उनले अन्य पार्टीमा प्रवेश नगर्ने पनि बताएका छन्।

हमालसँगै अन्य चार जनाले पनि स्वतन्त्र उम्मेदवारका रुपमा वडाध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् । धनगढी उपमहानगरपालिका-४ को वडाध्यक्षमा सिद्धराज पनेरु, वडानम्बर ५ को वडाध्यक्षमा पदमराज भट्ट, १४ को वडाध्यक्षमा यम लामिछाने मगर र १५ को वडाध्यक्षमा कमलबहादुर ढाँटले उम्मेदवारी घोषणा गरेका छन् ।

तपाइँको प्रतिक्रिया