आइतबार, भदौ २३, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १५:५३ |सिड्नीको समय: १३:५३ |काठमाडौंको समय: ०९:३८

भक्तपुरको रानीपोखरी सबैको लागि खुला

एएनजेड खबरमार्च २, २०२२

भक्तपुर – भक्तपुरको ऐतिहासिक रानीपोखरी ९न्हू पुखू० आजदेखि सर्वसाधारणका लागि खुला गरिएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले भक्तपुर नगरपालिकाद्वारा पुनःनिर्माण गरिएको रानीपोखरीको आज उद्घाटन गरेसँगै खुला गरिएको हो ।

रानीपोखरीको पुनः निर्माण २०७५ माघदेखि थालिएको हो । नगरपालिकाको कूल रु चार करोड ४१ लख १९ हजार लागत अनुमान गरिएकामा उपभोक्ता समितिमार्फत रु दुई करोड ५४ लाख ८३ हजारमा निर्माण सम्पन्न भएको हो ।

तपाइँको प्रतिक्रिया