शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०१:२० |सिड्नीको समय: २३:२० |काठमाडौंको समय: १९:०५

अस्ट्रेलियामा कोरोनाका कारण ३८ जनाको मृत्यु

एएनजेड खबरफ्रेब्रवरी १८, २०२२

अस्ट्रेलिया– अस्ट्रेलियामा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण ३८ जनाको मृत्यु भएको छ ।
न्यु साउथ वेल्स राज्यमा ९,२४३ नयाँ सङ्क्रमित पुष्टि भएको छ । १५ जनाको ज्यान गएको छ। अस्पताल भर्नामा १,३८१ जना छन् भने ९२ जनाको आइसियुमा उपचार भइरहेको छ।

त्यसैगरी भिक्टोरियामा ४५१ जनाको अस्पतालमा उपचार भइरहेको छ जस मध्य ६४ जना आइसियुमा र १६ जनालाई भेन्टिलेटरमा राखिएको छ। पछिल्लो २४ घण्टामा थप ६,९३५
जना नयाँ सङ्क्रमित थपिएका छन् । १४ जनाको मृत्यु भएको छ।

क्वीन्सल्यान्डमा ५,७९५ सङ्क्रमित थपिएका छन् भने ९ जनाको मृत्यु भएको छ। अस्पतालमा ४०८ जना भर्ना छन् भने ३४ जनाको आइसियुमा उपचार भइरहेको छ।
त्यसैगरी टास्मेनियामा ६२३ नयाँ सङ्क्रमित पुष्टि भएको छ । ११ जना अस्पतालमा छन् र २ जनाको आइसियुमा उपचार भइरहेको छ। यस राज्यमा पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका कारण कसैको मृत्यु भएको छैन।
अस्ट्रेलियन क्यापिटल टेरिटरीमा ५६१ नयाँ सङ्क्रमण पुष्टि भएको छ । ४५ जना अस्पतालमा भर्ना छन् र दुई जना आइसियुमा छन्।
साउथ अस्ट्रेलियामा १,४७९ नयाँ सङ्क्रमित थपिएका छन् । १७७ जना अस्पताल भर्ना छन् र १३ जनाको आइसियुमा उपचार भइरहेको छ।

तपाइँको प्रतिक्रिया