शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: २३:४० |सिड्नीको समय: २१:४० |काठमाडौंको समय: १७:२५

अस्ट्रेलियामा ‘पुरा मात्रा खोप’को परिभाषा परिवर्तन, अब तीन डोज खोप लगाएको हुनुपर्ने

एएनजेड खबरफ्रेब्रवरी ११, २०२२

अस्ट्रेलिया– अस्ट्रेलियाली प्राविधिक सल्लाहकार समूह (अटागी) ले खोपका लागि “पूर्ण मात्रा खोप” लगाएको सट्टा “खोप अद्यावधिक रहेको” वाक्यांश प्रयोगका लागि सिफारिस गरेको छ।
अस्ट्रेलियामा बसोबास गर्ने १६ वर्ष माथिका मानिसहरूको कोभिड–१९ खोप अद्यावधिक रहेको जनाउन उनीहरूले बुस्टर डोज लगाएकै हुनुपर्नेछ।
१६ वर्ष भन्दा कम उमेरका मानिसहरूको हकमा भने दुई मात्रा खोपलाई नै अद्यावधिक रहेको मानिने छ।
हाललाई यस प्रकारको परिभाषाले अन्तर्राष्ट्रिय सीमाबाट आउने मानिसहरूलाई नछुने पनि बताइएको छ। उनीहरूका हकमा कोभिड– १९ खोपका दुई मात्रा लगाएको चाहिँ प्रमाण हुनुपर्नेछ।
मार्चको अन्तिम साताबाट अटागीको यो पछिल्लो सिफारिस लागू हुनेछ।
साथै सङ्घीय स्वास्थ्य मन्त्री ग्रेग हन्टका अनुसार वृद्ध स्याहार केन्द्रमा काम गर्ने मानिसहरूका लागि बुस्टर डोज खोप अनिवार्य गरिने भएको छ।

तपाइँको प्रतिक्रिया