शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: २०:३३ |सिड्नीको समय: १८:३३ |काठमाडौंको समय: १४:१८

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध सुन र आइफोनसहित तीनजना पक्राउ

एएनजेड खबरफ्रेब्रवरी ३, २०२२

काठमाडौं – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थालबाट अवैध सुन र मोबाइलसहित तीनजना पक्राउ परेका छन् । प्रहरीले एक किलो १५५ ग्राम सुन र चार वटा मोबाइलसहित तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा गौर नगरपालकिा-१० रौतहट सोबगाढाका ३२ वर्षीय सुनील कुमार साह, मकवानपुर मनहरी-७का २८ वर्षीय नवराज परियार र भोटेकोशी गाउँपालिका-३ सिन्धुपाल्चोकका ३९ वर्षीय दावा छिरिङ शेर्पा रहेका छन् । हिमालय एयरलाइन्स र एयर अरेबियाको विमानबाट दुबई र सारजहाबाट आएका उनीहरुलाई त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले विमानस्थलको आगमन टनेल गेटबाट बिहीबार पक्राउ गरेको हो ।

प्रहरीले साहको साथबाट चारवटा आइफोन १३ प्रो म्याक्स तथा एक-एक वटा ५० ग्राम सुनको बेरूवा औंठी र सिक्री बरामद गरेको छ भने परियारको साथबाट एक वटा आइफोन १३ प्रो म्याक्स तथा दुईवटा ५० ग्राम सुनको बेरूवा औंठी बरामद गरेको छ । यस्तै शेर्पाले मलद्वारभित्र लुकाएर बेलनाकार रुपमा बनाइएको अर्धठोस एक किलो ५५ ग्रामको सुन प्रहरीले बरामद गरेको छ ।

उनीहरूलाई सुन र मोबाइल भन्सार छलेर लैजान लागेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ । ती सामानहरू विमानस्थल भन्सार कार्यालय गौचरमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।

तपाइँको प्रतिक्रिया