बिहीबार, असोज ३, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०४:११ |सिड्नीको समय: ०२:११ |काठमाडौंको समय: २१:५६

ज्ञानेन्द्र मल्लसहितका चार खेलाडी ग्रेडिङमा समावेश

एएनजेड खबरजनवरी २८, २०२२

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान) ले पूर्व कप्तान ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, सोमपाल कामी र कमलसिंह ऐरीलाई गरेको कारबाही ‍फिर्ता लिएको छ।

क्यानले गत मंसिर २९ गते अनुशासन उल्लघंन गरेको भन्दै नियमित कप्तान मल्ल र उपकप्तान ऐरीलाई कप्तानबाट हटाउँदै सन्दीपलाई नयाँ कप्तानमा नियुक्त गरेको थियो। साथै मल्लसहित चार खेलाडीलाई यसअघि ६ महिनाका लागि केन्द्रीय सम्झौताबाट बाहिर राख्ने निर्णय गरेको थियो।

संघको अघिल्लो बैठकको निर्णय बिहिबार बसेको बैठकले फिर्ता लिने निर्णय गरेको हो। अनुशासन उल्लङ्घन सम्बन्धि संघले गठन गरेको छानबिन समितिले गरेको सिफारिस बमोजिम चार जना खेलाडीहरूलाई २०२२ को केन्द्रीय सम्झौताको सुरुको ६ महिनाको लागि सहभागी नगराउने निर्णय गरेको गरेको थियो ।

यस्तै क्यानले ओमान भ्रमणमा रहेका तर अनुबन्धनमा नरहेका गुल्शन झा, विक्रम सोब र रोहितकुमार पौडेललाई जनही एक लाख र महिला क्रिकेटर ज्योति पाण्डेलाई ५० हजार रूपैयाँ प्रोत्साहन भत्ता दिने निर्णयसमेत गरेको छ। राष्ट्रिय क्रिकेट खेलाडी ललित नारायण राजवंशीको उपचार खर्चको लागि एक लाख पचाँस हजार सहयोग गर्ने निर्णय गरिएको छ।

यस्तै पुरूष तथा महिला राष्ट्रिय क्रिकेट खेलाडीलाई २०२२ को केन्द्रीय सम्झौतामा अनुबन्ध गर्ने निर्णय गरिएको छ।

पुरूष खेलाडी

  • ग्रेड ए – सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्रसिंह ऐरि, सोमपाल कामी र करण केसी
  • ग्रेड बि – कुशल भुर्तेल, आसिफ सेख, शरद भेसवाकर, आरिफ सेख, अविनाश बोहरा र विनोद भण्डारी
  • ग्रेड सी – कुशल मल्ल, रोहित कुमार पौडेल, कमलसिंह ऎरि, विक्रम सोव, साहब आलम, सुशन भारी र पवन सर्राफ

महिला खेलाडी

  • ग्रेड ए – रुबिना छेत्री, सिता राना मगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी
  • ग्रेड बि – सरिता मगर, कविता कुवर, अप्सरी बेगम, सरस्वती चौधरी, सवनम राई र ज्योति पाण्डे
  • ग्रेड सी – डली भट्ट, कविता जोशी, सङ्गीता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी र बिन्दु रावल
     

तपाइँको प्रतिक्रिया