आइतबार, भदौ २३, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १५:३६ |सिड्नीको समय: १३:३६ |काठमाडौंको समय: ०९:२१

नारायणहिटीभित्र बतास समूहले बनाएको संरचना भत्काइयो

एएनजेड खबरजनवरी ८, २०२२

काठमाडौं – नारायणहिटी दरबार संग्रहालय भित्र बतास समूहले बनाएको विवादित कफी शपको संरचना भत्काइएको छ । शुक्रबार नारायणहिटी दरबार संग्रहालय तथा गणतन्त्र स्मारक व्यवस्थापन तथा सञ्चालन विकास समितिले सो कफी शप भत्काएको हो ।

शुक्रबार साँझसम्म समितिले निर्माण गरेको पक्की संरचना बाहेकका संरचना भत्काएर सकिएको छ । बताससँग कफी शप राख्ने विषयमा भएको सम्झौताबारे छानबीन गर्न संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले बिहीबार समिति गठन गरेको छ । समितिले तीन दिनभित्र प्रतिवेदन दिने बताइएको छ ।

तपाइँको प्रतिक्रिया