शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १७:५० |सिड्नीको समय: १५:५० |काठमाडौंको समय: ११:३५

प्रदेश २ का राज्यमन्त्री सवार गाडी दुर्घटना हुँदा ६ जना घाइते

एएनजेड खबरजनवरी ६, २०२२

काठमाडौं – प्रदेश २ का आन्तरिक मामिला तथा सञ्चार राज्यमन्त्री रुबी कर्ण सवार गाडी दुर्घटनामा परेको छ।
सप्तरीको विष्णुपुर गाउँपालिका ६ स्थित विष्णुपुर चोकमा अनियन्त्रित बुधबार साँझ गाडी दुर्घटना भएको प्रहरीले जनाएको छ।
सप्तरीका प्रहरीका अनुसार ज१झ ४०६ नम्बरको गाडी अनियन्त्रित भई दुर्घटना हुँदा राज्यमन्त्री कर्णसहित ६ जना घाइते भएका छन्।

घाइते हुनेमा गाडी चालक सप्तरीको शम्भुनाथ नगरपालिका(६ का २५ वर्षीय विवेक मण्डल, राज्यमन्त्रीका सुरक्षा गार्ड तुलसीप्रसाद साह, खडक नगरपालिका ६ का ४० वर्षीय जयप्रकाश चौधरी, सोही नगरपालिकाको वडा नम्बर ८ का ४५ वर्षीय प्रथमलाल राम र राजविराज नगरपालिकाका ३० वर्षीय ध्रुव मण्डल छन्।
स्थानीय मेडिकलमा घाइतेहरूको उपचार भइरहेको प्रहरीले जनाएको छ ।

तपाइँको प्रतिक्रिया