बिहीबार, असोज ३, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०४:४४ |सिड्नीको समय: ०२:४४ |काठमाडौंको समय: २२:२९

थ्रीस्टारले जावलाखेल युथ क्लबलाई २-१ ले पराजित

एएनजेड खबरजनवरी १, २०२२

 

काठमाडौं – शहीद स्मारक ए डिभिजन लिग अन्तर्गत शनिबार भएको पहिलो खेलमा थ्रीस्टारले जावलाखेल युथ क्लबलाई २-१ ले पराजित गरेको छ ।

थ्रीस्टार अंकतालिकामा पाचौं स्थानमा उक्लेको छ । जारी सिजनमा थ्रीस्टारको यो दोस्रो जित हो । थ्रीस्टारको जितका लागि आयुष घलान र ऋतिककुमार खड्काले पहिलो हाफमै गोल गरे । जावलाखेलका निकोलस फर्नान्डेजले ५५ औं मिनेटमा गोल गर्दै खेललाई २-१ को अवस्थामा ल्याए । जितपछि ७ खेलबाट १० अंक जोडेर थ्रीस्टार पाँचौं स्थानमा उक्लिएको छ । जावलाखेल ७ खेलबाट ७ अंकसहित नवौं स्थानमा छ ।

तपाइँको प्रतिक्रिया