शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ११:५० |सिड्नीको समय: ०९:५० |काठमाडौंको समय: ०५:३५

हराइरहेकी क्लियो फेला परिन्, प्रधानमन्त्री मोरिसनले दिए प्रहरीलाई धन्यवाद

एएनजेड खबरनोभेम्बर ४, २०२१
This image has an empty alt attribute; its file name is clecio.jpg


सिडनी । ‘कति शानदार, राहत दिने खालको खबर । क्लियो स्मिथ फेला परेकी छिन् । उनी घरमा सुरक्षित र स्वस्थ छिन् । हाम्रो प्रार्थनाले उत्तर दियो । क्लियोलाई खोज्न र उनको परिवारलाई सघाउन सहभागि भएका कयौं प्रहरी अधिकारीलाई धन्यबाद ।’


अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले यसरी सामाजिक संजालमा खुसी व्यक्त गरे झैं अहिले क्लियोका बाबु आमा र अष्ट्रेलियाभरी खुसी छाएको छ ।


हो, पश्चिम अस्ट्रेलियाको दुर्गम स्थानमा १८ दिनदेखि हराइरहेकी चार वर्षीया बालिका क्लियो स्मिथ फेला परेकी छिन् ।
बालिका एउटा बन्द घरभित्र सकुशल फेला परेकी हुन् । अक्टोबर १६ मा परिवारसँग बिदा मनाइरहँदा कार्नार्भोन सहरनजिकै एउटा क्याम्पिङ स्थलबाट अराएकी उनको व्यापक खोजी भएको थियो ।


प्राप्त सुराकीको आधारमा बुधवार बिहान प्रहरी कार्नार्भोनस्थित एउटा घरभित्र बलपूर्वक प्रवेश गरेको थियो ।
‘उनीहरूले एउटा कोठामा क्लियोलाई भेट्टाए’, पश्चिम अस्ट्रेलिया प्रहरीका उपप्रमुख कोल ब्लान्चले भने ।

एक प्रहरी अधिकृतले उनलाई बोके र सोधेः ‘तिम्रो नाम के हो?’
प्रहरीका अनुसार बालिकाले जवाफ दिइन् ‘मेरो नाम क्लियो हो ।’
ति बालिकालाई उनका बाबुआमासँग भेट गराइएको छ ।

‘हाम्रो परिवार फेरि पूरा भएको छ’, आमा एली स्मिथले इन्स्टाग्राममा लेखेकी छन् ।

प्रहरीले एक ३६ वर्षीय व्यक्तिलाई पक्राउ गरेर सोधपुछ गरिरहेको छ । तर, पक्राउ गरिएको व्यक्तिको स्मिथ परिवारसँग कुनै सम्बन्ध नरहेको प्रहरीले बताएको छ । प्रहरीले हालसम्म ती व्यक्तिलाई कुनै आरोप पनि लगाएको छैन ।


तपाइँको प्रतिक्रिया