बिहीबार, असोज ३, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०४:१५ |सिड्नीको समय: ०२:१५ |काठमाडौंको समय: २२:००

ब्रिसवेनमा ‘नेपाली समुदाय केन्द्र’ बनाउने अभियानमा सहयोग गर्ने हिथउड पार्क भेलाको निर्णय

एएनजेड खबरअक्टोबर ३१, २०२१
This image has an empty alt attribute; its file name is 248533193_10159440124865977_1867339072038258689_n-1024x768.jpg


व्रिसवेनको सब–अर्ब (उप शहरी) क्षेत्रमा बसोबास गर्ने नेपाली मिलेर ‘‘नेपाली समुदाय केन्द्र’को निर्माण अभियानमा सहयोग गर्ने भएका छन् ।

व्रिसवेनका हिथउड, प्यालारा, फरेस्ट लेक्स्, ओक्सले र अलजेस्टर आदि उप शहरी क्षेत्रमा बसोबास गर्ने नेपालीका ३० परिवारले शुक्रबार हिथउड पार्कमा भेला भएर नेपाली समुदाय केन्द्र बनाउन प्रतिबद्धता जनाए ।

भेलामा सहभागीले आफ्नो परिचयसहित नेपलीज कम्युनिटी सेन्टरबारे आफ्ना धारणा राखेका थिए भने यो अभियानका एक सुत्रधार हरि खडकाले नेपाली समुदाय केन्द्रबारे स्पष्ट पारेका थिए ।

संयुक्त पहलमा केही परिवार कार्यव्यस्तताले अनुपस्थित रहेकाले उनीहरुलाई पनि समेटेर दुइसातापछि पुनः बृहत सामुदायिक आजिवन सदस्यता घोषणा सभा गर्ने निर्णय भेलाले गरेको छ । हालसम्म ५० परिवारले एकसाथ आजिवन सदस्यता लिने तय भएको कार्यक्रममा सहभागि सामाजिक अभियन्ता इश्वर कुईंकेलले एएनजेड खवरलाई जानकारी दिए ।

यसैगरी भेलामा अभियान सफल पार्न निर्मित क्वीन्सल्याण्ड नेपाली सामुदायिक केन्द्र (क्वूएनसीसी)को सचिव पदमा प्रमोद पोखरेललाई पठाउने निर्णय पनि गरिएको छ ।

हिथउड पार्कको भेलामा हरि खडका, प्रमोद पोखरेल, उमापति यादव, डा. हेमाङग शर्मा, डा. सुदर्शन चालिसे, अर्जुन मिश्र, उमेश खडका, पवन लम्साल, सुरबिन महर्जन, श्याम पाठकको सहभागिता थियो ।

यसैगरी अन्य सहभागिहरुमा शरण भट्ट, अमर पन्थ, मोहन पन्त, प्रकाश राइ, सुजन केसी, रमेश काराखेती, प्रमोद सापकोटा, प्रबिन भण्डारी, हरि रानाभाट, ओम पौडेल, सुनील बस्नेत, गजेन्द्र गौतम, टिकाराम अधिकारी, टिका भुर्तेल, सुमन अधिकारी, सन्दीप भट्टराई, अर्जुन पान्डे, रमेश कुईंकेल, सागर अर्याल र रवी प्रशाई थिए ।


तपाइँको प्रतिक्रिया