शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: १२:३८ |सिड्नीको समय: १०:३८ |काठमाडौंको समय: ०६:२३

सन्दीप लामिछाने आइसिसिको ‘प्लेअर अफ द मन्थ’मा मनोनित

एएनजेड खबरअक्टोबर ६, २०२१


काठमाडौँ । नेपाली चर्चित क्रिकेटर सन्दीप लामिछाने अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)को ‘प्लेयर अफ द मन्थ’ अर्थात महिनाको उत्कष्ट खेलाडीको मनोनयनमा परेका छन् ।
आईसीसीले सेप्टेम्बर महिनाका लागि बुधबार सार्वजनिक गरेको तीन जनाको सूचिमा सन्दीप परेका हुन् ।


सन्दीपसँगै बंगलादेशका स्पिनर नासुम अहमेद र अमेरिकाका विष्फोटक ब्याटर जस्करन मल्होत्रा सूचिमा छन् । सन्दीपले गत सेप्टेम्बर दोस्रो साता ओमानमा आयोजित आईसीसी ओडीआई लिग–२ अन्तर्गत ओमान र अमेरिकासँग तथा पपुवा न्यूगिनीसँगका एकदिवसीय खेलमा उत्कृष्ट प्रदर्शन गरेका थिए ।
६ खेलमा सन्दीपले १८ वटा विकेट लिएका थिए । ओमानविरुद्धको एक खेलमा स्वास्थ्यमा समस्या आएपछि बलिङ गर्न नपाएका उनले पपुवा न्यूगिनीविरुद्धका दुई खेलमा क्रमशः ४ र ६ विकेट लिएका थिए ।

सन्दीपसँगै ‘प्लेयर अफ द मन्थ’को सूचिमा अटाएका अमेरिकाका जस्करन मल्होत्राले पपुवान्यूगिनीविरुद्ध एकै ओभरमा ६ छक्का ठोकेका थिए । यस्तै बंगलादेशलाई न्यूजिल्याण्डविरुद्धको टी–२० अन्तर्राष्ट्रिय सिरिजमा उत्कष्ट प्रदर्शन गरेका थिए । ‘प्लेयर अफ द सिरिज’ चुनिएका उनले ५ खेलमा ८ विकेट लिएका थिए ।

आईसीसीको ‘प्लेयर अफ द मन्थ’को सूचिमा पर्ने सन्दीप दोस्रो नेपाली खेलाडी हुन् । यसअघि गत बैशाखमा नेदरल्याण्ड र मलेसियासँग नेपालमा भएको त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय सिरिजमा उत्कष्ट प्रदर्शंन गरेका कुशल भुर्तेल पहिलो पटक सूचिमा परेका थिए । उनले जित्न भने सकेका थिएनन् ।

तपाइँको प्रतिक्रिया