शुक्रबार, असोज ४, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०९:३२ |सिड्नीको समय: ०७:३२ |काठमाडौंको समय: ०३:१७

सिनियर नेतालाई हराउँदै डोमिनिक पेरोटे बने, न्यू साउथवेल्सको ४६ औं प्रिमियर

एएनजेड खबरअक्टोबर ५, २०२१
This image has an empty alt attribute; its file name is r0_392_4954_3456_w1200_h678_fmax.jpg


न्यू साउथ वेल्स राज्यले हालसम्मकै सबैभन्दा कम उमेरका प्रिमियर पाएको छ ।
३९ वर्षिय डोमिनिक पेरोटे न्यु साउथ वेल्सको ४६ औं प्रिमियर बनेका छन् ।
केही दिनअघि ग्लाडिस बेरिजिक्लियनले राजीनामा दिएपछि प्रिमियर पद रिक्त थियो । राज्यको भ्रष्टाचार जाँचबुझ आयोगले बेरिजिक्लियनमाथि छानबिन हुने घोषणा गरेपछि उनले राजीनामा दिएकी थिइन् ।


आफ्ना प्रतिद्वन्द्वी योजना मन्त्री रब स्टोक्सलाई हराउँदै पेरोटे प्रिमियर बनेका हुन् । न्यू साउथ वेल्स संसदीय दलमा भएको मतदानमा बेरिजिक्लियन मन्त्रिपरिषदमा ट्रेजरर रहेका पेरोटेले योजना मन्त्री रबलाई ३९–५ मतको अन्तरले हराएका थिए ।
प्रिमियर चुनीएपछि पत्रकारहरूसँग पेरोटेले भने, ‘यसरी नयाँ नेता बन्नु मेरो लागि ठुलो प्रतिष्ठाको विषय हो । लिबरल संसदीय दल र न्यु साउथ वेल्सको प्रिमियर हुन पाउँदा मैले ठुलो सम्मान र गर्व महसुस गरेको छु ।’ ।

उता, स्टोक्सले पनि नवनिर्वाचित पार्टी नेतालाई सक्दो सघाउने र उनीप्रति पूर्ण वफादार रहने बताएका छन् । पार्टीले प्रजातान्त्रिक रूपमा नयाँ नेता छानेको उनले बताए ।
‘डोम पेरोटे गजबका प्रिमियर हुनेछन्’ भन्दै स्टोक्सले सन् २०२३ मा हुने चुनावमा उनी पुनः प्रिमियरका रूपमा निर्वाचित होउन् भन्नका लागि आफ्नो सम्पूर्ण शक्ति लगाउने प्रतिबद्धता पनि व्यक्त गरे ।
पेरोटेको उप–नेताका रूपमा स्टुवर्ट एअर्स छानिएका छन् ।


करीश्म्याटिक नेता
नयाँ प्रिमियरका रुपमा पेरोटेको चयनप्रति अष्ट्रेलियामा रहेका नेपाली समुदाय पनि खुसी देखिन्छन् ।
लेखक एवं रिसर्चर भरतराज पौडेलले धार्मिक स्वभावका युबा कन्जरभेटिभ क्याथोलिक नेता प्रिमियर बनेको बताउदै भनेका छन्, ‘६ ससाना बच्चाबच्चीका पिता ३९ बर्षिय डोमिनिक पेरोटेट न्युसाथवेल्सका प्रिमियर बनेका छन्, यीनले जित्नु स्वभाविकै थियो ।’


पौडेलका अनुसार ग्ल्याडस बेरेक्जिक्लिनको पालामा लिईएको सफल अर्थनीतिमा पेरोटेकै भूमिका थियो । ।
‘प्रतिद्वन्द्वी आफु भन्दा सिनियर नेता रब स्टोक्सलाई ३९ का बिरूद्द ५ भोटको विशाल अन्तरले पार्टी रूममा पछार्दै उनी लिबरल राजनीतिमा उदाएका छन्’, पौडेलले भने, ‘यिनी पनि करिश्मेटिक लिडर हुन् । अब आफ्नै समकक्षी स्टुअर्ट आयर्स र म्याट किएनको चुनौती भबिश्यमा आएन भने कम्तिमा आउने चुनावसम्म यिनले राज्यको नेतृत्व लिनेछन् ।’


राज्यमा स्वास्थ्यमन्त्री ब्राड हजार्ड र अरू एक दुईजना बाहेक मन्त्रिमण्डल पुरै युवा पुस्ताको हातमा गएको देखिन्छ ।
‘घर चलाउनुजस्तै समाज देश र बिश्व चलाउनु उस्तै उस्तै हो । यिनले भनेका थिए। मैले ८ जनाको परिबार जसरी चलाएँ त्यसरी नै राज्यको नेतृत्व गर्नसक्छु’, पौडेलले भने ।

तपाइँको प्रतिक्रिया