बिहीबार, असोज ३, २०८१ |Fri Sep, 2024
अक्ल्याण्डको समय: ०४:१४ |सिड्नीको समय: ०२:१४ |काठमाडौंको समय: २१:५९

विपी युवा नेतृत्व विकास मञ्च पश्चिम अष्ट्रेलिया शाखा विस्तार

एएनजेड खबरअगस्ट ३१, २०२१


विपी कोइराला युवा नेतृत्व विकास मञ्च अष्ट्रेलियाले पश्चिम अष्ट्रेलियामा शाखा विस्तार गरेको छ ।
अष्ट्रेलियामा संगठित भएको छोटो अवधिमै लोकप्रियता कमाएको विपी युवा मञ्चले विभिन्न राज्यमा आफ्नो संगठन विस्तारको योजनालाई मूर्तरुप दिने उद्धेश्यले पश्चिम अष्ट्रेलियाका राज्य संयोजक उमेश पौडेलको संयोजकत्वमा २५ सदस्यीय कार्यसमिति तय गरेको जनाएको छ ।


गत शनिबार पर्थमा भएको एक विशेष भेलाले अध्यक्षमा पौडेल, उपाध्यक्षमा उषा खनाल, सचिवमा सन्तोष भट्ट, सहसचिवमा सुदिप सापकोटा, कोषाध्यक्षमा ईश्वर अधिकारीलाई चयन गरेको छ ।

त्यसैगरी सदस्यहरुमा सजना घिमिरे, शान्ति अधिकारी, निरोज ढकाल, विनोद प्रसाई, सन्देश रेग्मी, कुशल भट्ट, अनुरोध वस्यौला, ध्रुव रेग्मी, कृष्ण रोकाया, प्रवीण सुनार रहेका छन् । त्यस्तै अन्य सदस्यहरुमा वीरजुङ्ग गुरुङ्ग, सन्तोष थापा, अन्जना श्रेष्ठ, अनुराग पाण्डे, दिनेश महर, कुलचन्द्र अधिकारी, किशोर पन्त, सतिश गुरुङ्ग, सम्पदा लामिछाने र समिक्षा शर्मा रहेका छन् ।


महामानव विपी कोइरालाले देखाउनु भएको मार्गनिर्देशनलाई आजका युवा पुस्ताले मनन गरेर अघि बढ्न सकुन् भन्ने उद्धेश्यले संस्थाको अष्ट्रेलिया शाखा केही समय अघि गठन भएको जानकारी दिंदै नेतृत्व विकास मञ्चका अष्ट्रेलिया अध्यक्ष रमेश अधिकारीले एएनजेड खबरसँग भने,‘ पश्चिम अष्ट्रेलियाबाट हाम्रो राज्य शाखाको विस्तारको कार्य सुरु भएको छ, यसलाई चाँडै र्नै हामी सबै राज्यमा विस्तार गरेर अघि बढ्ने छौं ।

मञ्चका ओशियाना ंसंयोजक एवं एनआरएनए अभियन्ता प्रज्वल भट्टराईले अष्ट्रेलिया लगायत ओशियाना क्षेत्रमा मञ्चको संगठन विस्तारका कार्यलाई विविध कार्यक्रममार्फत अघि बढाएर लैजाने रोडम्यापको तय गरिएको भएपनि यहाँ जारी लकडाउनका कारण केही कठिनाई भएको बताउँदै भने,‘ विपी युवा मञ्चलाई सबै युवाहरुको साझाथलो बनाउने र नेतृत्व विकास मार्फत मातृभूमि र कर्मभूमिलाई योगदान दिने हाम्रो योजना रहेको छ ।
पश्चिम अष्ट्रेलियाका संयोजक पौडेलले कार्यसमिति विस्तारसँगै पश्चिम आगामी दिनमा विभिन्न रचनात्मक कार्यक्रमहरुका साथ अघि बढ्ने प्रतिवद्धता ब्यक्त गरेका छन् ।


तपाइँको प्रतिक्रिया