शनिबार, असोज ५, २०८१ |Sat Sep, 2024
अक्ल्याण्डको समय: ११:५१ |सिड्नीको समय: ०९:५१ |काठमाडौंको समय: ०५:३६

राजेश हमाल ५८ वर्षमा प्रवेश, ३ दशक फिल्म क्षेत्रमा

एएनजेड खबरजुन १०, २०२१

नेपाली चलचित्रको सदावहार र चर्चित नाम हो राजेश हमाल । ३० वर्ष फिल्म क्षेत्रमा बिताएका उनलाई दर्शकहरुले महानायकको पदवी दिएका छन् । उनले गाउँले केटोदेखि शहरीया र सोझो युवादेखि लबरब्वाई जस्ता भुमिकामा अभिनय गरेका छन् ।

महानायक हमाल १९६४ जुन ९ मा पाल्पा, तानसेनमा जन्मिएका थिए । उनका बुवा विभिन्न देशकालागि राजदुत भएका थिए । हमालले विद्यालय शिक्षा मस्कोबाट र उच्च शिक्षा भारतको पञ्जाब विश्वविद्यायलबाट पुरा गरेका हुन् । उनले कक्षा ८ सम्म सेन्ट जेभियर स्कुलमा अध्ययन गरेका थिए ।

This image has an empty alt attribute; its file name is rajesh-hamal--1024x1024.jpg


उनको पहिलो र सफल फिल्म युगदेखि युगसम्म हो । उनी नेपाली चलचित्र उद्योगमा व्यवसायिकता ल्याउनमा प्रमुख भुमिका खेल्ने व्यक्तिको रुपमा पनि चिनिन्छन् । चलचित्र क्षेत्रमा गरेको योगदान कदर गर्दै राष्ट्रिय चलचित्र पुरस्कार (१९८८–२०१४) बाट सम्मानित भएसँगै उनले महानायकको पदवी पाएका हुन् । महानायक हमाल अभिनय क्षेत्र बाहेक समाजसेवामा पनि अग्रसर छन् ।
उनले १९८५ मा भारतको फेसन नेट म्यागाजिनमा र १९८६ मा नेपालको काठमाडौंमा ¥यापमा हिँडेर ग्ल्यामर क्षेत्र प्रवेश गरेका थिए । १७० भन्दा बढी नेपाली फिल्ममा र १ पाकिस्तानी फिल्ममा पनि उनले अभिनय गरेका छन् । आफुले अभिनय गरेको मध्ये देवता र वसन्ती उनलाई सबैभन्दा मन पर्ने फिल्म हो । २०१४ मा उनी प्रेमिका मधु भट्टराईसँग विवाह बन्धनमा बाधिएका हुन् । उनका बसन्ती, देउता, गोरेटो, अर्जून,अल्लारे, खानदान, हामी तीन भाई, आशीर्वाद आदी सफल फिल्म हुन् ।

तपाइँको प्रतिक्रिया