आइतबार, भदौ २३, २०८१ |Sun Sep, 2024
अक्ल्याण्डको समय: १७:०२ |सिड्नीको समय: १५:०२ |काठमाडौंको समय: १०:४७

बादलले श्रीमतीलाई बनाए सञ्चारमन्त्री

एएनजेड खबरजुन १०, २०२१
This image has an empty alt attribute; its file name is nainkala.jpg

नेकपा (माओवादी केन्द्र) त्यागेर नेकपा (एमाले) प्रवेश गरेका रामबहादुर थापा ‘बादल’ ले आफ्नी श्रीमती नैनकला थापालाई मन्त्री बनाएका छन् । अदालतको फैसलाले गृहमन्त्रीबाट बाहिरिएका बादल अन्ततः आफ्नी श्रीमतीलाई मन्त्री बनाउन सफल भएका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीसँगको निकट सम्बन्धकै कारण बादलले आफ्नो खेमाबाट मन्त्री बन्न योग्य नेताहरुलाई पन्छाएर श्रीमतीलाई नै मन्त्री बनाएका हुन् । प्रधानमन्त्री ओलीले आज गरेको मन्त्रिपरिषद् विस्तारमा बादलपत्नी नैनकला सूचना प्रविधि तथा सञ्चारमन्त्री बन्न सफल भएकी हुन् ।

तपाइँको प्रतिक्रिया